काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँविरुद्ध ज्यान मार्ने उद्योगको कसुरको जाहेरी दर्ता भएको छ ।
गत चैत १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा प्रहरीलाई किचेर मार्ने उद्देश्यले गाडी हुइँक्याएको भन्दै उनीविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
उनी चैत १५ मा भएको राजावादी आन्दोलनको कमाण्डर समेत हुन् । ज्यान मार्ने नियतले गाडीले पेलेर अघि बढेको भन्दै उनीविरुद्ध ड्युटीमा खटिएका प्रहरीहरूले सामूहिक उजुरी दिएको बताइएको छ ।
यस्तै, प्रसाईँविरुद्ध आपराधिक उपद्रव, राजद्रोहको कसुर, संगठित अपराधको कसुरमा पनि अनुसन्धान भइरहेको बताइएको छ ।
तीनकुने घटनाको १५ दिनपछि प्रसाईं भारतको आसामबाट पक्राउ परेका थिए । यद्यपि, उनको सचिवालयले भने प्रहरीसमक्ष आत्मसमर्पण गरेको दाबी गर्दै आएको छ ।
FACEBOOK COMMENTS