काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबै प्रदेशमा प्रदेश इन्चार्ज तोकेको छ ।
आज बसेको केन्द्रीय समिति बैठकले सबै प्रदेशमा इन्चार्ज तोकेको हो ।
बैठकले कोशी प्रदेशको इन्चार्जमा सन्तोष परियार, मधेस प्रदेशमा मनिष झा, बाग्मती प्रदेशमा लिमा अधिकारी, गण्डकी प्रदेशमा शिशिर खनाल, लुम्बिनी प्रदेशमा विपिन कुमार आचार्य, कर्णालीमा गणेश पराजुली र सुदुरपश्चिम प्रदेशमा हरि ढकाललाई इन्चार्ज तोकेको कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।
FACEBOOK COMMENTS