काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै गत चैत २० गतेदेखि काठमाडौंमा सडक आन्दोलन गरिरहेका शिक्षकले अभिभावकमाथि हातपात गरेका छन् ।
आफ्नी छोरीको भर्ना अनिश्चित बनेको भन्दै शिक्षकहरूलाई विद्यालय फर्कन आग्रहस्वरूप आन्दोलनस्थलमा पुगेका सनोज महतमाथि हातपात भएको हो ।
आफूलाई ललितपुरको गोदावरीस्थित सरस्वती माध्यमिक विद्यालयका अभिभावक बताउने उनीमाथि नयाँ बानेश्वरस्थित आर्कब्रिजको सडकमा हातपात भएको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।
भिडिओमा शिक्षकहरूले उनलाई घुसपैठ भएको भन्दै बाहिर निकाल्न कोसिस गरेको देखिन्छ । तर, उनी जे गर्नुहुन्छ गर्नुस् भन्दै भुइँमै बस्छन् ।
त्यसबीच प्रहरीले उनलाई बाहिर लैजाँदै गर्दा शिक्षकहरूको एक समूहले उनीमाथि हातपात गरेको देखिन्छ ।
हेर्नुहोस् भिडिओ–
FACEBOOK COMMENTS