काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले वैशाख २८ गतेका लागि वार्षिक साधारण सभा बोलाएको छ ।
सभा रानीमहल बैंक्वेट ज्ञानेश्वर काठमाडौंमा हुने भएको छ । कम्पनीले सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
सभा प्रयोजनका लागि कम्पनीले वैशाख १७ गते बुक क्लोज गर्ने जनाएको छ । वैशाख १६ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् भने सभामा भाग लिन पाउनेछन् ।
कम्पनीले सभामा आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ ।
FACEBOOK COMMENTS