काठमाडौं । नेपाली बजारमा हिजो बुधबार उच्च रकमले घटेको सुनको मूल्य आज बिहीबार सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा दुई सय रुपैयाँले बढेको हो ।
यससँगै आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९० हजार ६ सय रुपैयाँ कायम भएको छ ।
बुधबार छापावाल सुन एकैदिन सात हजार पाँच सय रुपैयाँले घटेर एक लाख ९० हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ४५ रुपैयाँले बढेर आज चाँदी प्रतितोला दुई हजार दश रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो चाँदी प्रतितोला एक हजार नौ सय ६५ रुपैयाँमा किनबेच भएको थियो ।
FACEBOOK COMMENTS