काठमाडौं । हिमालयन बैंक लिमिटेडले प्रिमियम मूल्यमा थप सार्वजनिक निष्कासन (एफपीओ) गर्ने भएको छ ।
यसका लागि बैंकले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
बैंकले संस्थापक र सर्वसाधारणको सेयर अनुपात ७०:३० कायम गर्न ९२ लाख ५० हजार ४६९ कित्ता सेयर एफपीओ मार्फत ल्याउन लागेको हो ।नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त बैंकले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट एफपीओ प्रस्ताव अनुमोदन गरिसकेको छ ।
क्यापिटल एडेक्वेसी फ्रेमवर्क अनुसार आवश्यक पुँजीकोष पुरा गर्न बैंकले एफपीओ ल्याउन लागेको हो ।
हाल बैंकको प्राथमिक पुँजीकोष ८ प्रतिशत मात्र रहेको छ भने कुल पुँजीकोष अनुपात १० दशमलव ८४ प्रतिशत छ, जुन न्यूनतम ११ प्रतिशत हुनुपर्ने व्यवस्था छ ।
एफपीओबाट प्राप्त रकमले पुँजीकोष बलियो बनाई, बैंकले ठूला आयोजनामा लगानी गर्न सक्ने अपेक्षा गरेकाे छ ।
बैंकले प्रिमियम मूल्यमा ९२ लाख ५० हजार ४६९ कित्ता सेयर निष्कासन गर्न लागेको हो । एफपीओमार्फत १ अर्बभन्दा बढी रकम संकलन हुने अनुमान गरिएको छ ।
FACEBOOK COMMENTS