काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन हो ।
राष्ट्रिय वाणिज्य बैंकले ७ वर्ष अवधि भएको ‘७५ आरबीबीएल डिबेन्चर २०८८’ निष्कासन गरेको छ । डिबेन्चरको वार्षिक ब्याजदर ७ प्रतिशत तोकिएको छ ।
आज कार्यालय समयभित्र ऋणपत्रमा आवेदन दिइसक्नुपर्ने छ । बैंकले वैशाख ७ गतेदेखि २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निष्कासन गरेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँका दरले २५ लाख इकाई ऋणपत्र बिक्री निष्कासन गरेको हो । जसमा १५ लाख इकाई बैंकले आफैले बिक्री गर्ने जनाएको छ ।
बाँकी १० लाख इकाईमध्ये ५० हजार इकाई म्युचुअल फन्डहरुलाई छुट्याएको छ । ९ लाख ५० हजार इकाई सर्वसाधारणका लागि निष्कासन गरेको छ । यसमा सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ । लगानीकर्ताले न्यूनतम २५ देखि अधिकतम सबै इकाईमा आवेदन दिन सक्नेछन् । आवेदन सी–आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।
FACEBOOK COMMENTS