काठमाडौं – ललितपुरका एक बालकको मेडिसिटी अस्पतालमा ब्रेन ट्युमरको शल्यक्रिया गर्नुअघि पीसीआर टेष्ट गर्दा कोभिड-१९ संक्रमण पुष्टि भयो । तर, उनको न कुनै ट्राभल हिस्ट्री छ, न उनी संक्रमितको सम्पर्कमा पुगेका थिए ।
स्वास्थ्य कार्यलय, ललितपुरका प्रमुख डा. खगेश्वर गेलाल भन्छन्, ‘म आफैंले उनका बुबासँग कुरा गरेको थिएँ । एक निजी कम्पनीमा काम गर्ने रहेछन् । तर, ट्राभल हिस्ट्री छैन, कोही संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा आएको देखिएन ।’
FACEBOOK COMMENTS