काठमाडौं । आर्क्स ग्रुपले नेपालमा १४ सिटे जुबाओ इलेक्ट्रिक भ्यान सार्वजनिक गरेको छ ।
पछिल्लो समय कम्पनीले भित्र्याएका १४ सिटे विद्युतीय भ्यानप्रति प्रारम्भिक दिनमै व्यवसायीको आकर्षण बढेको छ ।
कम्पनीले स्वयम्भू हारती टुर्स एण्ड ट्राभल्सलाई १८ थान १४ सिटे विद्युतीय भ्यान हस्तान्तरण गरेको छ ।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा भ्यान हस्तान्तरण गरिएको हो ।
चीनको एफएडब्लू जिलिन कम्पनीद्वारा उत्पादित जुबाओ ईभी एक अत्याधुनिक विद्युतीय सवारी साधन हो, जुन विशेषगरी समूह यात्रा, शटल सेवा तथा व्यावसायिक यातायातका लागि उपयुक्त मानिएको छ ।
आर्क्स ग्रुपले प्रारम्भिक चरणमै व्यवसायीहरूबाट अत्यधिक चासो र सकारात्मक प्रतिक्रिया प्राप्त भएको जानकारी दिएको छ। कम्पनीका अनुसार यो भ्यान वातावरणमैत्री प्रविधिमा आधारित छ, साथै यसको सञ्चालन खर्च न्यून र सेवा आरामदायक हुने भएकाले हरित यातायातको उत्कृष्ट विकल्पका रूपमा अघि बढ्न सक्ने विश्वास गरिएको छ ।
जुबाओ ईभी नेपाली बजारमा आर्क्स ग्रुपको पूर्ण प्रविधिक सेवा तथा समर्थनसहित उपलब्ध गराइएको छ। यसले नेपालमा विद्युतीय सवारी साधनको विस्तारमा नयाँ गति थप्ने अपेक्षा गरिएको छ ।
FACEBOOK COMMENTS