काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले राष्ट्र बैंकको सुपरीवेक्षकीय क्षमता बढाउने बताएका छन् ।
अर्थमन्त्रीसँग आज बुधबार अर्थमन्त्रालयमा भएको भेटमा उनले सो कुरा बताएका हुन् ।
‘अर्थ मन्त्रालयले देशको अर्थतन्त्रको नेतृत्व गर्छ र नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वित्त नीति कार्यान्वयनमा सहयोग पुर्याउँछ,’ गभर्नर पौडेलले भने, ‘वित्तीय क्षेत्रको प्रभावकारिताका लागि राष्ट्र बैंकको सुपरीवेक्षकीय क्षमतामा जोड दिने मेरो योजना छ ।’
यस्तै, उनले ऐन बनाएर मात्रै नहुने पनि बताएका छन् । ‘हामीले नियम बनाएर मात्र हुँदैन सुपरीवेक्षणलाई पनि बढाउनुपर्छ,’ त्यसकारण सुपरीवेक्षकीय क्षमता बढाउने उनको नभाइ थियो । बैंक तथा वित्तीय संस्थाको सुपरीवेक्षणलाई प्राथमिकता दिनेमा उनले जोड दिएका छन् ।
यसैगरी, कर्जाको गुणस्तर बढाउने मौद्रिक नीतिले वित्तीय नीतिलाई सघाउनेगरी काम गर्ने र विभिन्न सरोकारवालाहरूसँग छलफल गरेर निर्णय गर्ने प्रतिवद्धता पनि उनले व्यक्त गरेका छन् ।
सो अवसरमा अर्थमन्त्री पौडेलले वित्त नीति र मौद्रिक नीतिबीच समन्वय गरी अघि बढ्ने उल्लेख गर्दै नवनियुक्त गभर्नर पौडेलले अर्थतन्त्र र मौद्रिक क्षेत्रमा देखा परेका समस्या समाधानमा महत्वपूर्ण पहल गर्ने विश्वास व्यक्त गरेका छन् ।
अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट, यस्तो भयो छलफल
FACEBOOK COMMENTS