काठमाडौं । भिसिट भिसा प्रकरणमा नाम मुछिएपछि गृहमन्त्री रमेश लेखकको राजीनामा माग्न थालिएको छ । यहाँसम्म कि उनी आबद्ध दल नेपाली कांग्रेसभित्रैबाट पनि उनको राजीनामा माग हुन थालेको छ ।
कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री लेखकलाई नैतिकताका आधारमा राजीनामा दिएर छानबिनका लागि मार्गप्रशस्त गर्न सुझाव दिएका छन् ।
शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने धारणा राखेका हुन् ।
‘नैतिकताको हिसाबमा म क्लिन छु, मैले राजीनामा गरेँ । छानबिन समिति बनाउनुस्, गर्नुहोस् तपाईंहरू भने भैहाल्यो नि ! त्यसले मोरल स्ट्याटस देखिन्छ,’ उनले भने ।
उनले विगतमा पनि केही मन्त्रीहरूले राजीनामा दिएर छानबिनमा सघाएको र मन्त्री लेखकले राजीनामा दिँदा उनकै नैतिकतामा असर नपर्ने बताए ।
FACEBOOK COMMENTS