काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो कर्पोरेट कार्यालय कमलादी, काठमाडौं–२८ स्थित आफ्नै नवनिर्मित भवनमा स्थानान्तरण गरेको छ।
वैदिक सनातन विधिअनुसार पूजाअर्चना गरी बैंक सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालले नयाँ भवनको समुद्घाटन गरेका हुन्।
बैंकका सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत तथा उच्चपदस्थ अधिकारीहरूको उपस्थितिमा आयोजित उक्त समारोहमा नयाँ भवनबाट सेवा प्रारम्भ गरिएको घोषणा गरिएको थियो।
नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त गरी यसअघि थापाथली, काठमाडौं–११ स्थित ट्रेड टावरमा रहेको प्रमुख कार्यकारी अधिकृतको कार्यालय, अन्य कार्यकारी अधिकृतहरूको कार्यालय तथा विभिन्न विभागहरू अबदेखि कमलादीस्थित आफ्नै कर्पोरेट भवनबाट सञ्चालन हुने बैंकले जनाएकाे छ ।
बैंकले ग्राहक सेवा अझ प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यका साथ कर्पोरेट कार्यालय स्थानान्तरण गरेको जनाएको छ।
FACEBOOK COMMENTS