काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले कांग्रेस नेता डा. शशाङ्क कोइरालालाई काउन्टर दिँदै तपाईंले पाएका उपहारको विषयमा प्रश्न उठाउन नपरोस् भनी चेतावनी दिएका छन् ।
शशाङ्कले गृहमन्त्री रमेश लेखकको बचाउ गर्दै उनको राजीनामा माग्ने सांसद राजेन्द्र बजगाईं र सुनिल शर्मालाई पार्टीले स्पष्टीकरण सोध्नुपर्ने बताएपछि सांसद बजगाईंले यस्तो चेतावनी दिएका हुन् ।
उनले भनेका छन्, ‘मलाई एसयूभी उपहारहरू (एउटा किआ, दुई महिन्द्रा), सुनको रोलेक्स, नगदले भरिएको डफल झोला, तथाकथित घरको मर्मतसम्भार वा राजनीतिक पदहरूको लेनदेनमाथि प्रश्न उठाउनु नपरोस् भन्ने कामना गर्दछु । तपाईंलाई अनिवार्य रूपमा स्पष्टीकरण सोधिने छ ।’
कांग्रेसको सोमबार बिहान बसेको पदाधिकारी बैठकमा गृहमन्त्री लेखकको राजीनामा माग्ने सांसदहरूलाई स्पष्टीकरण सोध्ने विषय उठे पनि सभापति शेरबहादुर देउवाले भने खासै चासो नलिएको बताइएको छ ।
FACEBOOK COMMENTS