काठमाडौं । सरकारले काम खोज्ने नभइ काम दिने युवाको सङ्ख्या वृद्धि गर्ने नीति अघि सारेको छ ।
आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत अर्थमन्त्री विष्णु पौडेलले यस्तो नीति अख्तियार गरिएको बताएका हुन् ।
उनले भनेका छन्, ‘काम खोज्ने होइन, काम दिने युवाको सङ्ख्या वृद्धि गर्न नवप्रवर्तनमा आधारित स्टार्टअप उद्यमशीलता प्रवद्र्धन गरिनेछ । जेन–जी पुस्तालाई उद्यमशील र व्यावसायिक बनाउन सरकार, विश्वविद्यालय र निजी क्षेत्रसँगको सहकार्यमा इन्कुवेशन सेन्टर सञ्चालन गरिनेछ । स्टार्टअप उद्यमीलाई सीप विकास, व्यवसाय विस्तार, बजारीकरण र मूल्य श्रृङ्खलामा आवद्ध गर्न सहुलियतपूर्ण कर्जा कार्यक्रम विस्तार गरेको छु ।’
उक्त कार्यका लागि उनले तीन प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउन ७३ करोड रुपैयाँ विनियोजन गरेको बताएका छन् ।
यस्तो छ सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठ)
FACEBOOK COMMENTS