काठमाडौं । नेपाली बजारमा आज बुधबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आन छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार दुई सय रुपैयाँ कायम भएको छ ।
सुनको यो मूल्य हिजो मङ्गलबारको तुलनामा प्रतितोला पाँच सय रुपैयाँ बढी हो ।
मङ्गलबार पनि सुनको मूल्य प्रतितोला दुई हजार नौ सय रुपैयाँले बढेको थियो । सो दिन सुन प्रतितोला एक लाख ९२ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । मङ्गलबारको तुलनामा प्रतितोला ३० रुपैयाँले बढेर चाँदी आज दुई हजार ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
मङ्गलबार चाँदीको मूल्य प्रतितोला दुई हजार ४५ रुपैयाँ थियो ।
FACEBOOK COMMENTS