काठमाडौं । विपक्षी दल नेकपा (एकीकृत समाजवादी) ले आफ्ना अध्यक्ष माधवकुमार नेपालविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा भ्रष्टाचार मुद्दा दर्ता गरिएको आरोप लगाएको छ ।
वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालविरुद्धको भ्रष्टाचार मुद्दा पूर्वाग्रहपूर्ण रहेको बताएका हुन् ।
यसबारेमा पहिले नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाउन नपर्ने भनिसकेकाले अहिले मुद्दा दायर गर्नुपर्ने कुनै कारण नरहेको पाण्डेले बताए ।
यस सम्बन्धमा बैठक बसेर थप धारणा सार्वजनिक गरिने पाण्डेको भनाइ छ ।
अख्तियारले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबीसहित अध्यक्ष नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । भ्रष्टाचार मुद्दा दायर भएसँगै उनको सांसद स्वतः निलम्बन भएको छ ।
FACEBOOK COMMENTS