काठमाडौं । प्रभु क्यापिटलले आजदेखि प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्कीम निष्कासन गरेको छ ।
सर्वसाधारणलाई प्रतिइकाई १० रुपैयाँ दरले खुलामुखी म्युचुअल फन्ड योजनाको इकाई निष्कासन गरेको छ ।
निष्कासन गरेको ४ करोड इकाईमध्ये ७.५ प्रतिशत अर्थात ३० लाख इकाई कोष प्रवर्द्धक प्रभु बैंक, ३० लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटललाई सुरक्षित गरिएको छ । बाँकी इकाईमध्ये २ करोड ५० लाख इकाई बिक्री खुला गरेको प्रभु क्यापिटलले जनाएको छ ।
लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ३१ लाख इकाईसम्म आवेदन दिन सकिने छ । जेठ २७ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अुनसार आवेदन नपरेको खण्डमा असार ६ गतेसम्म आवेदन दिन सकिने छ ।
यसमा सी आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । यसको योजना व्यवस्थापक प्रभु क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS