काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक पाँच मिनेट बसेर स्थगित भएको छ । निर्धारित समयभन्दा साढे पाँच घण्टा ढिला गरी बसेको बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेपछि बैठक स्थगित भएको हो ।
प्रतिनिधिसभाको अर्को बैठक भोलि सोमबार दिउँसो २ बजेका लागि निर्धारण गरिएको छ ।
आज दिउँसो १ बजे बस्ने तय भएको बैठक विपक्षी दलहरूसँग सहमति नजुटेपछि पहिलो पटक दिउँसो ३:१५ बजेलाई सारिएको थियो । उक्त समयमा पनि बैठक बस्न सकेन भने दोस्रो पटक साँझ ५:३० बजेलाई सारियो । तर, ६:३० बजे मात्र सुरू भएको बैठक कार्सूचीमा प्रवेश नगरी पाँच मिनेटभित्रै स्थगित भएको हो ।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद अवरोध गर्दै आएका छन् ।
FACEBOOK COMMENTS