काठमाडौं । एमएडब्लु वृद्धि कमर्सियल भेइकलले जेभियर इन्टरनेशनल स्कूललाई १३ वटा नयाँ फोटोन माउन्टेन ईलेक्ट्रिक स्कूल भ्यानहरू हस्तान्तरण गरेको छ ।
फोटोन माउन्टेन इभी एक आधुनिक, प्रदूषणमुक्त भ्यान हो । विद्यालयका विद्यार्थीहरूको सुरक्षित र भरपर्दो यातायातका लागि उपयुक्त हुने जनाएको छ । यसमा ५३.५८ किलोवाटको सीएटीएल ब्याट्री र १३० किलोवाट क्षमताको मोटर जडान गरिएको छ ।
३३० एनएम सम्मको टर्क दिन्छ र चुनौतिपूर्ण बाटाहरूमा सहजता प्रदान गर्छ । यसले उकालो चढ्नका लागि २५ प्रतिशत ग्रेडियाबिलिटी क्षमतासहित पहाडी तथा सहरी बाटोहरूमा सहजता प्रदान गर्छ । यो भ्यानको चौडा भित्री भाग, कम सञ्चालन खर्च र वातावरणमैत्री प्रविधिले जेभियर ईन्टरनेसनल स्कुलजस्ता विद्यालयका लागि दीर्घकालीन र स्मार्ट समाधान बनाएको छ।
यी भ्यानहरू एमएडब्लु वृद्धिका सीईओ तुषार गुप्ता र सेल्स हेड नवीन आचार्यले विद्यालयलाई हस्तान्तरण गरेका हुन् । एमएडब्लु वृद्धि, नेपालमा फोटोन मोटर्सको आधिकारिक आयातकर्ता कम्पनी हो । यो कदमले विद्यालयको दिगो विकासप्रतिको प्रतिबद्धतालाई थप पुष्टि गर्दछ। फोटोन माउन्टेन इभीको उत्कृष्ट प्रदर्शन, न्यून सञ्चालन लागत र शून्य प्रदूषण क्षमताले यसलाई विद्यालय यातायातका लागि आदर्श विकल्प बनाएको छ । यस्ता इभी भ्यानले विद्यार्थीहरूलाई सुरक्षित र आरामदायी रूपमा ओसारपसार गर्नुका साथै विद्यालयको कार्बन उत्सर्जन घटाउन सघाउँछन् ।
FACEBOOK COMMENTS