काठमाडाैं । सिटिजन्स बैंकले मधेस प्रदेशको धनुषामा बृहत् वृक्षरोपण गरेको छ । बैंकले विश्व वातावरण दिवस–२०२५ को अवसरमा जनकपुरधाम उपमहानगरपालिका–१३, मणीमण्डपमा विभिन्न प्रजातिका करिब एक सयभन्दा बढी बिरुवा रोपेको हो ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले यसअघि देशका विभिन्न स्थानहरूमा स्वास्थ्य शिविर सञ्चालन, समुदायिक विद्यालय एवम् मठ–मन्दिरहरूमा सहयोग गरेको थियो ।
हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द इयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड (भर्चुअल क्रेडिट कार्ड)’ सञ्चालनमा ल्याएको छ ।
साथै, मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने कस बैंक टेलरको व्यवस्था गरिएको छ । यसमार्फत अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्छन् ।
सिटिजन्स बैंक इन्टरनेशनलले देशका ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरूबाट १९ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS