वीरगञ्ज । रिशव इम्पेक्सले वीरगञ्जको बौहरवा भाटीमा आयोजना गरेको ‘माइलेज च्याम्पियन २०२५’ प्रिन्स पटेलले जितेका छन् ।
सवारीसाधनमार्फत इन्धनको अधिकतम उपयोग र दक्षता प्रदर्शन गर्ने उद्देश्यले आयोजित प्रयोगितामा पटेल विजेता बनेका हुन् ।
प्रतियोगितामा ७० जनाले सहभागिता जनाएका थिए । सहभागीहरूले उनीहरूलाई उपलब्ध गराइएको एक लिटर पेट्रोलले अधिकतम दूरी तय गर्नुपर्ने थियो ।
प्रतियोगितामा विजेता बनेका पटेलले एक लिटर पेट्रोलमा ९२ किलोमिटर दूरी पार गर्दै पहिलो स्थान हासिल गरेका हुन् ।
यस्तै, उपविजेता हिराल मुखियाले ८७ किलोमिटर दूरी तय गरेका थिए भने सञ्जितकुमार गुप्ताले ७२ किलोमिटरको माइलेज तय गर्दै तेस्रो बन्न सफल भए ।
यस किसिमका कार्यक्रमहरूले उपभोक्ताहरूमा इन्धन दक्षता, स्मार्ट र दिगो सवारी प्रयोगका उपायहरूबारे जनचेतना अभिवृद्धि गर्ने र ग्राहकहरूसँगको सम्बन्धलाई थप प्रगाढ बनाउने आयोजकको विश्वास छ ।
रिशव इम्पेक्सले सहभागी, दर्शक, आयोजक टोली तथा सहकार्यकर्ता सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ परिस्कृत तथा प्रभावकारी कार्यक्रमहरू गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
FACEBOOK COMMENTS