काठमाडौं । इन्टरनेट सेवाप्रदायक वाईफाई नेपालले आकर्षक मनसुन अफर ‘सेन्चुरी प्याक’ सार्वजनिक गरेको छ ।
मनसुनको मौसममा इन्टरनेट अनुभव अझ ताजा र सहज बनाउन कम्पनीले आजदेखि लागू हुने गरी उक्त अफर ल्याएको हो ।
यस अफरमा १०० एमबीपीएसको उच्च गतिको इन्टरनेट र १२ महिनामा एक महिना बोनस पाइने छ । थप शुल्कबिना नै (भ्याटसहित) यो सुविधा उपभोग गर्न सकिने छ । यसमा नोकिआ फाइभ–जी हर्ज राउटर उपलब्ध हुने छ । यसको शुल्क ८ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ ।
वाईफाई नेपालका प्रमख कार्यकारी अधिकत (सीईओ) शत्रुहन पञ्जियारले भने, ‘वाईफाई नेपालको लक्ष्य सधैँ सबै नेपालीहरूलाई छिटो र भरपदो इन्टरनेट सेवा किफायती मूल्यमा उपलब्ध गराउनु नै हो । हामीले १०० एमबीपीएस सेवा सफलताका साथ सञ्चालन गरिराख्दा आज हाम्रा ग्राहकहरूलाई मध्यनजर गर्दै मनसुन अफर सार्वजनिक गरेका छौँ । यस अफरको फाइदा लिनुहुन सम्पूर्ण ग्राहकहरुमा अनुरोध गर्दछु ।’
FACEBOOK COMMENTS