काठमाडौं । अमेरिकी सरकारले अवैधरूपमा अमेरिका पुगेका आप्रवासीहरूलाई धमाधम डिपोर्ट (सम्बन्धित देश फर्काउने) गरिरहेको छ ।
यसरी डिपोर्टमा पर्नेहरूमा नेपालीहरू पनि छन् । यसै सन्दर्भमा हिजो आइतबार थप ३७ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ ।
त्यसमध्ये एक जना डाइभर्सिटी भिषा (डीभी) परेर गएकालाई पनि नेपाल फर्काइदिएको छ । १० वर्षअघि डीभी परेर अमेरिका पुगेका ती व्यक्तिले पारिवारिक विवाद मच्चाएपछि अरु नेपालीसँगै डिपोर्ट गरिएको बताइएको छ ।
काठमाडौं आएपछि पनि उनलाई मानवबेचबिखन अनुसन्धान ब्यूरोले केरकार गरेको थियो । तर, डीभी परेर गएको भनेपछि घर फर्किन पाएका छन् । उनी काठमाडौंनिवासी रहेको बताइएको छ ।
FACEBOOK COMMENTS