काठमाडौं । पोल्याण्डका राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक माइकल प्रोबियर्जले राजीनामा दिएका छन् ।
पोल्याण्डका प्रमुख खेलाडी रोबेर्ट लेवानडोस्कीसँगको विवादपछि प्रोबियर्जले राजीनामा दिएका हुन् ।
उनले पोल्याण्डको कप्तान रहेका लेवानडोस्कीलाई हटाएर पिओटर जिलिन्स्कीलाई कप्तान बनाएपछि यो विवाद शुरु भएको थियो ।
लेवानडोस्कीले प्रोबियर्ज राष्ट्रिय टिमको प्रशिक्षक रहेसम्म आफु नखेल्ने घोषणा गरेपछि उनी अप्ठ्यारोमा परेका थिए । लेवानडोस्की २०१४ देखि पोल्याण्डको राष्ट्रिय टिमको कप्तान रहेका थिए ।
३६ बर्षिय बार्सिलोनाका स्ट्राइकर लेवानडोस्की पोल्याण्डको गत शुक्रबार भएको मोलडोभाविरुद्धको मैत्रुपूर्ण खेलमा टिममा थिएनन् भने जुन १० मा हुने फिनल्याण्डविरुद्धको विश्वकप छनौट खेलमा पनि उनी टिममा थिएनन् । सो खेलमा पोल्याण्ड फिनल्याण्डसँग २-१ गोल अन्तरले पराजित भएको थियो ।
लेवानडोस्कीले भनेका थिए- ‘परिस्थिति र पोलिश राष्ट्रिय टोलीका प्रशिक्षकमाथिको विश्वास गुम्दै गएको कुरालाई ध्यानमा राख्दै, मैले उनी प्रशिक्षक रहुन्जेल पोलिश राष्ट्रिय टोलीबाट खेल्नबाट पछि हट्ने निर्णय गरेको छु । मलाई आशा छ, म फेरि विश्वका उत्कृष्ट फ्यानहरूका लागि खेल्ने मौका पाउनेछु ।’
२०२३ देखि पोल्याण्डको राष्ट्रिय टिमको प्रशिक्षक रहेका प्रोबियर्जको सम्झौता पोल्याण्डको विश्वकप छनौटको अन्तिम खेलसम्म रहेको थियो ।
FACEBOOK COMMENTS