काठमाडौं । इजरायलले इरानमाथि आक्रमण सुरू गरेको छ ।
इजरायलले पुर्व सूचना दिएर गरेको आक्रमणपछि इरानले जवाफी आक्रमण शुरु गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।
इरानमाथि आक्रमण शुरु गरेपछि इजरायलमा राष्ट्रिय आपतकालको घोषणा गरिएको छ । इरानले गर्ने सम्भावित आक्रमणलाई ध्यानमा राखेर राष्ट्रिय आपतकाल घोषणा गरिएको इजरायलले जनाएको छ ।
इजरायलको आक्रमणमा इरानको राजधानी तेहारनमा विष्फोटको आवाज सुनिएको छ र केहि आवासीय भवन ध्वस्त भएको दाबि गरिएको छ ।
इजरायली सेनाले भने इरानको परमाणु केन्द्रहरुलाई निशाना बनाएको जानकारी दिएको छ ।
सेनाले पहिलो चरणमा इरानका विभिन्न क्षेत्रहरूमा रहेका आणविक लक्ष्यहरू सहित दर्जनौं सैन्य लक्ष्यहरूमा प्रहार गरेको बताएको छ । इजरायली सेनाले इरान आणविक हतियार प्राप्त गर्ने यसअघिभन्दा धेरै नजिक रहेको भन्दै इरानी शासनको हातमा रहेको आम विनाशकारी हतियारहरू इजरायलका लागि खतरा भएकोले आक्रमण गरेको जनाएको छ ।
इजरायलसँग आफ्ना नागरिकहरूको रक्षामा कार्य गर्ने दायित्व पूरा गर्नु बाहेक अरू कुनै विकल्प नभएको समेत सेनाले उल्लेख गरेको छ ।
यसैबीच इरानले इजरायलमाथि जवाफी आक्रमण शुरु गर्दै देशभर राष्ट्रिय आपतकाल घोषणा गरेको छ । साथै इरानले तेहरानको हवाई क्षेत्र बन्द गरेको छ ।
FACEBOOK COMMENTS