काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ४२ सयले बढेर तोलाको एक लाख ९७ हजार एक सयमा कारोबार भइरहेको छ ।
यसअघि विहिबार सुन तोलाको एक लाख ९२ हजार ९ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा १५ रुपैयाँले बढेर २१६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
FACEBOOK COMMENTS