काठमाडौं । इजरायलले इरानमा गरेको हमलापछि एअर इण्डियाको थुप्रै उडान प्रभावित भएका छन् ।
एअर इण्डियाले यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै थुप्रै उडानहरूको मार्ग परिवर्तन गरेको भने केही विमानहरू फिर्ता बोलाएको छ ।
एअर इण्डियाले यस असुविधाका लागि माफी माग्दै सबै प्रभावित उडानहरूको जानकारी सार्वजनिक गरेको छ ।
एअर इण्डियाले भनेको छ, ‘हामीले यात्रुहरूको सुविधाको पूर्ण ध्यान राखेका छौँ । यात्रुहरूलाई उनीहरूको गन्तव्यसम्म पुग्न वैकल्पिक व्यवस्था गरिँदै छ ।’
एअर इण्डियाले यात्रुहरूको उडानको अद्यावधिक स्थिति कम्पनीको वेबसाइटमा जाँच गर्न सुझाव दिएको छ ।
इजरायली हमलापछि इरानले आफ्नो वायुक्षेत्र बन्द गरेको छ ।
FACEBOOK COMMENTS