काठमाडौं । संसदको उद्योग समितिमा सांसदहरूबीच चर्काचर्की भएको छ ।
रास्वपाका सांसद गणेश पराजुलीले समितिको बैठकमा भिजिट भिसा प्रकरणको विषय उठाएपछि कांग्रेसका सांसदहरूले आपत्ति जनाएका थिए ।
पराजुलीले भिजिट भिसा प्रकरणको विषय उठाएपछि एकीकृत समाजवादीका सांसद किसान श्रेष्ठले यो विषय रास्वपाले मात्र नउठाएको भन्दै आक्रोशित बनेका थिए । श्रेष्ठले आफ्नो पार्टीको सभापतिमाथि पनि भ्रष्टाचारको मुद्दा दायर गरिएको तर भिजिट भिसा प्रकरण आफूहरूले पनि उठाएको बताएका थिए । उनले रास्वपाले मात्र संसदमा विरोध नगरेको भन्दै मिडियाको अगाडि धेरै नबोल्न चेतावनी दिएका थिए ।
पराजुलीले सांसदहरूलाई निरीह भनेको भन्दै अन्य सांसदहरूले आपत्ति जनाएका थिए ।
बैठकमा समितिका सभापति अब्दुल खानले समितिको बैठकमा निर्धारित विषयमा मात्र बोल्न सांसदहरूलाई आग्रह गरेका थिए ।
FACEBOOK COMMENTS