काठमाडौं । भारतको अहमदाबादमा भएको एअर इण्डियाको विमान दुर्घटनाबारे नयाँ अपडेट आइरहेका छन् ।
यसैबीच, विमान दुर्घटनाको अन्तिम समयमा पाइलटले बोलेको कुरा बाहिर आएको छ । विमानका पाइलट सुमित सभरवालले एअर ट्राफिक कन्ट्रोलर (एटीसी) लाई पठाएको अन्तिम सन्देश सार्वजनिक भएको हो ।
४–५ सेकेन्डको सन्देशमा सुमितले भनेका थिए, ‘मे डे, मे डे, मे डे…नो पावर, नो थ्रस्ट, गोइङ डाउन ।’ अर्थात् पावर छैन, विमान माथि जाँदै छैन, अब तल जादैछौँ ।
विमान दुर्घटनामा अहिलेसम्म २७५ जनाको निधन भएको छ । जसमा विमानमा यात्रा गरिरहेका २४१ र अन्य ३४ जना रहेका भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । विमान अहमदाबादस्थित बीजे मेडिकल कलेजको होस्टेलमा खस्दा होस्टेलमा रहेका डाक्टर र उनीहरूका परिवार हताहत भएका थिए ।
उक्त दुर्घटनामा विमानमा सवार भारतीय मूलका बेलायती नागरिक विश्वास कुमार रमेश मात्र बाँचेका छन् ।
FACEBOOK COMMENTS