काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल सुरू भएको छ
आइतबारको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्रीले आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेसँगै बजेटमाथिको छलफल सुरू भएको हो ।
सभामुख देवराज घिमिरेले बजेटमाथिको छलफल आज र भोलि हुने समय तोकेको जानकारी गराएका छन् ।
यस अघि जेठ २०, २१, २२ र २३ गतेका लागि बजेटमाथि छलफल हुने कार्यसूची रहेको थियो । भिजिट भिसा प्रकरणमा संसद अवरुद्ध भएपछि सो छलफल हुन सकेको थिएन ।
रास्वपाले भिजिट भिसा प्रकरणमा आफ्नो अडान कायम राख्दै संसदमा नाराबाजी गरिरहेको छ । नाराबाजीकै बीचमा सभामुख घिमिरेले संसदको कारवाही अगाडी बढाउँदै बजेटमाथिको छलफल सुरू गराएका छन् ।
यो पनि पढ्नुहोस्–
सभामुखले समय दिए, रास्वपाले बालै दिएन
FACEBOOK COMMENTS