काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार भिजिट भिसा प्रकरणमा संसद बहिष्कार गरेको बैठकको भत्ता नलिने भएको छ ।
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बहिष्कार गरेको आइतबारको बैठकको भत्ता नलिने जानकारी दिएका छन् ।
उनले भनेका छन्, ‘प्रतिनिधिसभाको बैठक २०८२ साल असार १ गते भिजिट भिसा प्रकरणमा संसद अवरुद्ध हुँदै गर्दा जबरजस्ती संसद सञ्चालन गरेकाले राप्रपाले बैठक बहिष्कार गरेको थियो । उक्त बैठकबाट प्राप्त हुने बैठक भत्ता नलिने निर्णय राप्रपाको संसदीय दलले गरेको छ ।’
शाहीले उक्त बैठकको भत्ता राजस्वमा फिर्ता पठाइदिन सङ्घीय संसदका महासचिवलाई अनुरोध गरेका छन् ।
FACEBOOK COMMENTS