काठमाडौं । गत चैत १५ गते तीनकुनेमा भएको घटनामा अभियुक्त बनाइएका राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा सांसद धवलशमशेर राणा काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन् ।
यसअघिको बयान र थुनछेक बहसमा उपस्थित नभएका राणा आज सोमबार बयानका लागि अदालतमा उपस्थित भएका हुन् । अदालत उपस्थित भएका राणाको न्यायाधीश शिवप्रसाद खनालको इजलासमा बयान हुने बताइएको छ ।
प्रहरीले राणाविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा मुद्दा लगाएको छ । उपचारका लागि हाजिरी जमानीमा छुटेका उनी त्यसपछि अदालतमा अनुपस्थित रहँदै आएका थिए ।
यस्तै, सोही पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र भने अझै पनि अदालतको सम्पर्कमा आएका छैनन् । बन्दी प्रत्यक्षीकरणको रिट हालेर कानुन व्यवसायीको रोहबरमा जेठ २ गते हाजिरी जमानीमा छुटेका उनी अहिलेसम्म अदालतमा हाजिर भएका छैनन् ।
FACEBOOK COMMENTS