काठमाडौं । सकारात्मकरूपमा आएको आगामी आर्थिक वर्षको बजेट र चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षापछि पनि नेपालको शेयर बजार अपेक्षाकृत ढङ्गबाट बढ्न सकिरहेको छैन ।
आज नेप्से परिसूचकमा घटेकाे छ । आज नेप्से १ दशमलव ०७ अङ्कले घटेर दुई हजार ६५३ दशमलव ६८ विन्दुमा कायम भएको छ ।
आजको कारोबारमा विभिन्न ३०६ कम्पनीका २ करोड ३४ लाख ४६ हजार ९४९ कित्ता शेयर ७८ हनार १३ पटक किनबेच हुँदा ९ अर्ब ८ करोड ५८ लाख ८६ हजार ८७७ मा काराेबार भएको नेप्सेले जनाएको छ ।
७१ करोड रुपैयाभन्दा बढीसहित कारोबार रकममा सानिमा माई हाइड्रोपावर अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सिंगटी हाइड्रो इनर्जी र बुटवल पावर कम्पनी परेका छन् ।
आज पियोर पावरको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आज जोशी हाइड्रोको शेयर ९ दशमलव ९० र युनियन हाइड्रोपावरको शेयर मुल्य ९ दशमलव २२ प्रतिशतले बढेको छ ।
त्यस्तै आज कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मुल्य ७ दशमलव ३९ प्रतिशतले घटेको छ ।
आज सबै भन्दा बढी कारोबार सानिमा माई हाइड्रोको शेयर ७१ करोड ७८ लाख कारोबार भएको नेप्सेले जनाएको छ ।
FACEBOOK COMMENTS