काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू दुई दिन पनि नटिकेको बताएका छन् ।
विनियोजन विधेयकहरूमाथिको छलफलमा भाग लिने क्रममा आज उनले व्यक्तिगत लाञ्छना लगाएर संसदभित्र अनेक हर्कतमा उत्रिएका सांसदहरूले नारा लगाएर दुई दिन पनि उभिन नसकेको टिप्पणी गरेका हुन् । दुई दिन पनि टिक्न नसक्नेहरूले लोकतन्त्र र गणतन्त्र प्राप्तीका लागि धेरै दिनहरू अनशन बसेका तथा कयौं दिन कारावाससमेत बसेका नेताहरूप्रति तुच्छ टिप्पणी गर्ने अधिकार उनीहरूलाई नभएको सांसद गिरीको भनाइ थियो ।
उनको भनाइ जस्ताकोत्यस्तै–
आज मैले भन्नैपर्ने हुन्छ, कति गाह्रो हुँदोरहेछ ? हामीले लोकतन्त्र र गणतन्त्र ल्याउँदा धेरै दिन कारावासको कुरा छोडिदिउँ अनशन (यहाँ बसेको के नेकपा एमाले, के नेकपा माओवादी, के नेपाली कांग्रेस) बसेका थियौँ । व्यक्तिगत लाञ्छना लगाएर यहाँ बस्नुभएको थियो बस्न सक्नुभएन । गाह्रो छ, बडो आन्दोलन भन्नुहुन्थ्यो, बडो कठिन छ । मैले देखिरहेको थिएँ, कोही अमेरिका, कोही कहाँ, कोही कहाँ । यहाँ बस्नुभयो नारा लगाएजस्तो गर्नुभयो । दुई दिन पनि टिक्नुभएन । कठिन कष्ट गरेर ल्याएको यो लोकतन्त्र र गणतन्त्र हो ।
अपरिपक्व र गैरजिम्मेवार तर्क गर्दै संसदबाट रास्वपा बाहिरियो
FACEBOOK COMMENTS