काठमाडौं । नेपाली गेमिङ्ग विश्वमा नयाँ ऊर्जा थप्दै, इनफिनिक्स नेपालले आफ्नो बहुप्रतिक्षित गेमिङ्ग स्मार्टफोन GT 30 Pro नेपाली बजारमा सार्वजनिक गरेको छ। रु. ४७,९९९ मूल्यमा उपलब्ध यो स्मार्टफोन असार ७ गते भक्तपुरको Infinity Lounge मा आयोजित 2025 PUBG MOBILE Super League (PMSL) CSA Spring Finals Offline Watch Party मा भव्य रूपमा लञ्च गरेकाे छ।
यो केवल फोन लञ्च मात्र थिएन, यो त नेपाली गेमरहरूका लागि ‘ओरिजिनल गेमर’ (OG) को युग सुरु गर्ने घोषणा थियो। देशभरका PUBG मोबाइलका उत्कृष्ट प्लेयर, स्ट्रिमर र गेम फ्यानहरूको उपस्थितिमा Infinix ले प्रिमियम डिजाइन, दमदार पर्फमेन्स र ईस्पोर्ट्स क्षमतासहितको GT 30 Pro सार्वजनिक गर्यो।
Infinix GT 30 Pro का मुख्य विशेषताहरू:
Dimensity 8350 Ultimate चिपसेट – सुपरफास्ट स्पीड र न्यूनतम लेग अनुभव
१६GB RAM (८+८GB Extended) र २५६GB स्टोरेज – सहज मल्टिटास्किङ र भारी गेमप्लेको लागि पर्याप्त
GT ट्रिगरहरू – कन्सोलजस्तो कन्ट्रोल, प्रो लेभल ग्यामिङ्ग
१४४Hz को 1.5K AMOLED डिस्प्ले – स्मूथ र आकर्षक भिजुअल अनुभव
५०००mAh ब्याट्री + ४५W फास्ट चार्जिङ + ३०W वायरलेस चार्जिङ – लामो समय गेमिङ्गको लागि तयार
१०८MP रियर + १३MP फ्रन्ट क्यामेरा – गेमिङ्ग मात्र होइन, फोटो/भिडियोमा पनि उत्कृष्टता
Mechanical Light Wave Design – स्टाइलिश लुक र प्रिमियम फिनिश
XOS 15 (Android™ 15 आधारित) – अनुकूल र सहज प्रयोग अनुभव
१५ महिनाको वारेन्टी – थप विश्वास र सुरक्षा
रंग विकल्पहरू: Shadow Ash, Blade White, र Dark Flare
GT 20 Pro को सफलता पछिको अर्को क्रान्ति
GT 20 Pro ले नेपाली गेमरहरू माझ अत्यधिक लोकप्रियता कमाएको थियो। अब GT 30 Pro को प्रवेशले त्यो सफलतालाई अझ अगाडि बढाउने अपेक्षा गरिएको छ। Infinix ले फेरि प्रमाणित गरेको छ कि उनीहरू केवल स्मार्टफोन निर्माता मात्र नभई नेपालको पहिलो ईस्पोर्ट्स-रेडी स्मार्टफोन ब्रान्ड हुन्।
अब बजारमा उपलब्ध
GT 30 Pro नेपालभरका Infinix का अधिकृत विक्रेताहरू तथा अनलाइन स्टोरहरूमा उपलब्ध छ। यो केवल स्मार्टफोन लञ्च नभई, नेपाली गेमिङ संसारको एक नयाँ अध्यायको सुरुवात हो – जहाँ प्रत्येक गेमरले आफूलाई ‘ओरिजिनल गेमर’ प्रमाणित गर्न सक्नेछ।
FACEBOOK COMMENTS