काठमाडौं । इजरायली सेना (आईडीएफ) ले इरानले इजरायलतर्फ मिसाइल दागेको दाबी गरेको छ ।
आईडीएफले केही समयअघि सामाजिक सञ्जाल एक्समार्फत इरानले मिसाइल दागेपछि आफूहरू ‘अलर्ट’ मा रहेको बताएको छ ।
आईडीएफले भनेको छ, ‘केही समयअघि हामीले इरानबाट इजरायलतर्फ दागिएका धेरै मिसाइलहरू पत्ता लगायौँ । खतरा रोक्न रक्षात्मक प्रणाली सक्रिय गरिएको छ ।’
आईडीएफले नागरिकहरूलाई सुरक्षित ठाउँमा जान र अर्को आदेश नआउँदासम्म त्यहीँ रहन निर्देशन दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच युद्धविराम घोषणा गरेकै समयमा यो खबर आएको हो ।
यसअघि इरानी विदेशमन्त्री सइद अब्बास अराघचीले इरानले आफ्नो सैन्य कारबाही स्थानीय समयअनुसार बिहान ४ बजे बन्द गर्ने बताएका थिए । अहिले तेहरानमा ७ बज्न लागिसकेको छ ।
FACEBOOK COMMENTS