काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरान लगभग एकसाथ आफूसमक्ष आएर शान्तिको अपिल गरेको बताएका छन् ।
इजरायल र इरानबीच युद्धविरामको बारेमा सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोशल’ मा लेख्दै ट्रम्पले भनेका छन्, ‘इजरायल र इरान लगभग एकसाथ मसमक्ष आएर शान्तिको अपिल गरे । मलाई थाहा थियो कि अब शान्तिको समय आइसकेको छ । दुनियाँ र मध्यपूर्व नै वास्तविक विजेता हुन् ।’
राष्ट्रपति ट्रम्पले इजरायल र इरानबीच भविष्यमा सुमधुर सम्बन्ध कायम हुने विश्वास व्यक्त गरेका छन् ।
उनले भनेका छन्, ‘दुवै देशले भविष्यमा अत्यधिक प्रेम, शान्ति र समृद्धि देख्नेछन् । उनीहरूलाई धेरै कुरा प्राप्त गर्नु छ तर यदि धर्म र सत्यको मार्गबाट भट्किए भने उनीहरूले धेरै कुरा गुमाउने छन् ।’
ट्रम्पले इजरायल र इरानको भविष्य असीमित सम्भावनाहरूले भरिएको पनि उल्लेख गरेका छन् ।
FACEBOOK COMMENTS