काठमाडौं । एक जना नक्कली परीक्षार्थीलाई काठमाडौं प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौंस्थित जनप्रशासन क्याम्पसमा एमपीए तेस्रो सेमेस्टरमा अध्ययनरत दानबहादुर रोकायाको नाममा परीक्षा दिइरहेका जुम्लाको चन्दननाथ नगरपालिका–८ का २६ वर्षीय केशव रोकाया पक्राउ परेका हुन् ।
उनीविरुद्ध जनप्रशासन क्याम्पस आफैँले उजुरी दिएको थियो ।
उनीमाथि शिक्षासम्बन्धी ऐनअन्तर्गतको कसुरमा पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
FACEBOOK COMMENTS