काठमाडौं । सिटिजन्स क्यापिटलले आजदेखि ‘सिटिजन्स सदावहार योजना’ को इकाइ निष्कासन गरेको छ ।
क्यापिटलले सर्वसाधारणलाई प्रतिइकाइ १० रुपैयाँका दरले निष्कासन गरेको हो । यसको ५ करोड इकाइमध्ये ७५ लाख इकाइ कोष प्रवर्द्धक सिटिजन्स बैंकलाई सुरक्षित गरिएको छ । बाँकी ४ करोड २५ लाख इकाइ सर्वसाधारणलाई छुट्याइएको छ ।
लगानीकर्ताले न्यूनतम १०० देखि अधिकतम ५० लाख इकाइसम्म आवेदन दिन सक्ने छन् । आवेदन असार १७ गतेसम्म दिन सकिने छ ।
उक्त समयसम्म मागअनुसार आवेदन नपरेमा असार २७ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरोशेयरमार्फत दिन सकिने छ ।
FACEBOOK COMMENTS