काठमाडौं । लक्ष्मी सनराइज बैंकले आफ्नो सञ्चालन प्रभावकारिता अभिवृद्धि र दिगो विकासतर्फ महत्त्वपूर्ण कदम चाल्दै इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसी) सँग रणनीतिक परामर्शको साझेदारीमा हस्ताक्षर गरेको छ ।
यस साझेदारीले सूचना प्रविधि, बजार, कर्जा र सञ्चालनसम्बन्धी जोखिम व्यवस्थापनलाई सुदृढ बनाउनाका साथै जलवायु फाइनान्स र सप्लाई चेन फाइनान्स जस्ता दिगो वित्त र आपूर्ति वित्तको प्रवर्द्धन गर्ने गरी दुई मुख्य क्षेत्रहरूमा आफ्नो पहल केन्द्रित गर्नेछ ।
यस सम्झौतापत्रमा लक्ष्मी सनराइज बैंकका तर्फबट बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाह र आईएफसीका दक्षिण एसियाका क्षेत्रीय प्रबन्धक मेहदी चेरकाउईले हस्ताक्षर गरेका थिए ।
यो साझेदारीले लक्ष्मी सनराइज बैंकको दिगोपनको आधार निर्माण, जोखिम व्यवस्थापनमा सुधार ग्राहकहरूको दीर्घकालीन हितलाई प्राथमिकता दिने प्रतिबद्धतालाई अझ सुदृढ बनाएको छ ।
FACEBOOK COMMENTS