काठमाडौं । नुवाकोटको ककनी गाउँपालिका–१, भसीबुस्थित विमचना खोलामा अविरल वर्षाका कारण आएको बाढीमा परी एक महिला बेपत्ता भएकी छन् । ३२ वर्षीया कमला बलामी बेपत्ता भएकी हुन् ।
बेपत्ता महिलाको खोजीमा शुक्रबार बिहानैदेखि सशस्त्र प्रहरी बल नेपाल यूएन तालिम शिक्षालय ककनी, नं. १९ गुल्म नुवाकोट र सुरक्षा वेश बञ्चरेबाट गरी ६५ जना सुरक्षा फौज उद्धारका लागि खटिएको छ ।
यसैबीच, सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय पशु स्वास्थ्य तथा डग हेण्डलर उपशाखा बलम्बुबाट दुईवटा कुकुरसहित ७ जनाको टोली पनि खटाइएको छ । सशस्त्र प्रहरी सहायक निरीक्षक राजन सुवेदीको कमाण्डमा ७ जना सुरक्षाकर्मीसहित दुईवटा सर्च एण्ड रेस्क्यू तालिमप्राप्त कुकुर परिचालन गरिएको हो ।
साथै, सोही ठाउँमा रहेका तीनवटा गोठ बगाउँदा गोठमा रहेका अशोक बलामी घाइते भएकामा उनलाई उद्वार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ ।
FACEBOOK COMMENTS