काठमाडौं । प्रधान सेनापति अशोक राज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी गौरव कुमार केसीलाई जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
पदोन्नतिसँगै उपरथी केसी पूर्वी पृतना हेडक्वाटरको पृतनापतिमा नियुक्त भएका छन् ।
कार्यक्रममा बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरूका साथै पदोन्नति भएका रथीवृन्दको परिवारजनको उपस्थिति रहेको नेपाली सेनाले जनाएको छ ।
FACEBOOK COMMENTS