काठमाडौं । हिम स्टार उर्जा कम्पनीले आगामी असार २४ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा ७ करोड ७३ लाख ९७ हजार ५०० रुपैयाँ बराबरको ७ लाख ७३ हजार ९५० कित्ता सेयर बिक्रीमा ल्याउने तयारी गरेको हो।
आवेदन दिने अन्तिम म्याद असार २७ गतेसम्म तोकिएको छ। सो अवधिमा आवश्यक माग नपुगेमा आवेदन दिने समय साउन ६ गतेसम्म थपिनेछ। इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म सेयरका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीको आइपीओमा सी–आस्वा सेवा उपलब्ध बैंक तथा वित्तीय संस्थाहरू र मेरोसेयर प्रणालीमार्फत पनि सहजै आवेदन दिन सकिने व्यवस्था गरिएको छ। यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ जारी गरिसकेको छ।
यस आइपीओलाई इक्रा नेपालले ‘इक्रा एनपी डबल बी माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व समयमै तिर्ने क्षमतामा औसत स्तरको जोखिम रहेको संकेत गर्दछ।
FACEBOOK COMMENTS