काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापती रामहरी खतिवडाले निजामती कर्मचारी विधेयकमा भएको हेरफेर बारे छानबिन गर्न आफु तयार रहेको बताएका छन् ।
सभामुख देवराज घिमिरेसँग छलफल गरेपछि प्रतिक्रिया दिदै यस विषयमा छानबिन गर्नुपर्ने बताएका हुन् ।
उनले भने संसदको सर्वोच्चता कायम राख्ने पक्षमा छौ । आज सबै सेक्टरबाट जनप्रतिनिधिलाई बदनाम गराउने काम भएको छ, यस विषयमा मैले सभामुखको ध्यानाकर्षण गराएको छु । छानबिन गरौँ, के गर्नुपर्छ, मेरो गल्ति देखिएमा म तयार छु तर छानबिन गर्नुपर्छ ।’
यस विषयमा सभामुख घिमिरेले राज्य व्यवस्था तथा सुशासन समितिसँग गरेको छलफल गरेका थिए । यस विषयमा माओवादी केन्द्रले समितिका सभाप[ति र सचिवको राजीनामाको माग गरेको छ भने नेकपा एमालेले पनि यस विषयमा दोषी कारवाहीको भागीदार हुनुपर्ने बताएको छ ।
FACEBOOK COMMENTS