काठमाडौं । सर्वोच्च अदालतले आज ५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको फैसला सुनाउँने भएको छ ।
२०७७ माघ र २०७८ असारमा गरिएका संवैधानिक नियुक्तिविरुद्ध दायर १५ वटा रिट दायर भएको थियो । उक्त रिट माथिको सुनुवाइ गत जेठ १ गते सकिएको छ । सुनुवाइ सकिएपछि जेठ २८ गते निर्णय सुनाउने तयारी रहेको थियो । त्यसदिन हेर्न भ्याइएको थिएन ।
जेठ २८ गते प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदीले लामो समय छलफल गरेका थिए । निर्णय भने आज सुनाउने तयारी रहेको छ ।
FACEBOOK COMMENTS