काठमाडौं । आज सङ्घीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै छ । सङ्घीय संसद सचिवालयका अनुसार बैठक बिहान ११:१५ देखि सुरू हुने छ ।
आजको बैठकमा प्रतिनिधिसाबाट पारित भइआएको विनियोजन विधेयक, २०८२ पारित गर्ने कार्यसूची छ ।
त्यसअघि विभिन्न मन्त्रालयको बजेटका बारेमा सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ ।
त्यस्तै, आज भन्सार विधेयक, २०८० छलफलपछि पारित गर्ने कार्यसूचीसमेत छ ।
FACEBOOK COMMENTS