काठमाडौं । विश्वभर चर्चित प्रविधि ब्राण्ड शाओमीले आफ्नो प्रिमियम स्मार्टफोन ‘शाओमी १४ टी’ को मूल्य उल्लेख्य रूपमा घटाएको घोषणा गरेको छ । लाइकासँगको सहकार्यमा बनेको यो फोनमा अत्याधुनिक क्यामेरा र उच्चस्तरीय फ्ल्यागशिप प्रदर्शन छ । घटाइएको नयाँ मूल्यले नेपाली प्रविधिप्रेमीहरूलाई अझ सजिलो हुने भएको छ ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मानस्वीले भने, ‘शाओमी १४ टी नवीनता र उत्कृष्ट प्रविधिको प्रतीक हो । लाइका क्यामेरा र आधुनिक एआई सुविधाले यो फोनलाई नेपाली बजारमा लोकप्रिय बनाइसकेको छ । अहिलेको मूल्य कटौतीले उत्कृष्ट प्रविधिलाई अझ पहुँचयोग्य बनाउने हाम्रो प्रतिबद्धता रहेको छ ।’
मुख्य विशेषताहरू–
लाइका ट्रिपल क्यामेरा– ५० एमपी मुख्य, १२ एमपी अल्ट्रा–वाइड र ५० एमपी टेलिफोटो लेन्सबाट प्रोफेशनल फोटो र फोरके भिडिओ खिच्न सकिने क्षमता । मिडियाटेक डाइमेन्सिटी ८३०० अल्ट्रा प्रोसेसर– शक्तिशाली ४ नानोमिटर चिप र एलपीडीडीआर फाइभ एक्स र्यामले छिटो र सहज प्रयोग अनुभव दिलाउने छ ।
१४४ हर्ज एमोलेड डिस्प्ले : ६.६७ इन्चको स्क्रीन, १.५ के रिजोल्युशन र एचडिीआर १० प्लस सपोर्ट । स्मार्ट फोटो मोड, दृश्य पहिचान र ब्याट्री बचतका लागि आधुनिक एआई उपकरणसमेत भएको । छोटो समयमा चार्ज र लामो ब्याकअपसहित ६७ वाट हाइपरचार्ज र ५००० मेगाहर्जको ब्याट्री, पानी र धुलोप्रतिरोधी तथा आईपी ६८ प्रमाणित सुरक्षा भएको ।
नयाँ मूल्य (१२ जीबी+५१२ जीबी)–
अघिल्लो मूल्य : ६४ हजार ९९९ रुपैयाँ
घटाएपछिको नयाँ मूल्य : ५९ हजार ९९९ रुपैयाँ
शाओमी १४ टी स्मार्टफोन नेपालभरका शाओमी स्टोर र आधिकारिक खुद्रा पसलहरूबाट खरिद गर्न सकिन्छ ।
उच्चस्तरीय क्यामेरा, शक्तिशाली प्रदर्शन र किफायती मूल्यका कारण शाओमी १४ टी स्मार्टफोन उत्कृष्ट बन्न पुगेको छ । यो टाइटन ब्ल्याक, ग्रे र ब्लू तीन आकर्षक रङमा उपलब्ध छ ।
विस्तृत जानकारीका लागि नजिकका शाओमी स्टोरहरूमा सम्पर्क गर्न सकिन्छ ।
FACEBOOK COMMENTS