काठमाडौं । प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डका रूपमा परिचित ‘आईसीटी अवार्ड’ को ११औँ संस्करणको छनोट प्रक्रिया जारी छ।
२०८३ साउनदेखि खुला गरिएको अवार्डको मनोनयन प्रक्रियामार्फत विभिन्न १६ विधामा ७००भन्दा बढी अनलाइन आवेदन प्राप्त भएका छन्। यसैक्रममा ‘ट्र्याक ए’ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधामा प्राप्त मनोनयनबाट सेमिफाइनलिस्टहरू सार्वजनिक गरिएको छ।
१४ जना विज्ञ जुरी सदस्य र १५ सदस्यीय विशिष्ट सल्लाहकार समिति रहेको आईसीटी अवार्डको दुई चरणकोछनोट प्रक्रियापछि चार विधामा ५० वटा स्टार्टअप तथा इनोभेसन छनोट भएका छन्।
यी चार विधामा २३०भन्दा बढी अनलाइन आवेदन प्राप्त भएका थिए। सेमिफाइनलिस्टका रूपमा स्टार्टअप आईसीटी अवार्डअन्तर्गत१० टेक स्टार्टअप, १० सोसल इनोभेसन, १५ प्रडक्ट र १५ राइजिङ स्टार इनोभेसन छनोट भएका हुन्।
छनोट भएका उत्कृष्ट १० स्टार्टअपमा आशिर्वाद केयर प्रा. लि., एक्सेलेरेटेड कम्प्युटिङ प्रा. लि., फ्युलिङएम्बिसन्स प्रा. लि., गरुडएक्स मल्टिपर्पस प्रा. लि., गोमाइगो बुकिङ्स प्रा. लि., लुमिनो टेक्नोलोजी प्रा. लि.,रेफेरो सोलुसन्स प्रा. लि., समएक्स इन्क प्रा. लि., योद्धा ल्याब प्रा. लि. र जेलियन्ट कम्पनी प्रा. लि. रहेकाछन्।

त्यस्तै, उत्कृष्ट १० सोसल इनोभेसनमा बारबर्दिया एग्रो-मेटेरोलोजिकल मेसेज एन्ड एडभाइजरी सिस्टम, खेल्दैसिक्दै कक्षा, कोपिला भ्याली स्कुल मेकर स्पेस, निदान ईएचआर, रिजेन नेपाल, राइड टु अर्न, सेतु,अपस्केलिङ स्मार्ट पब्लिक ट्वाइलेट्स फर बेटर स्यानिटेसन, वायुदृष्टि–वायुसेना र वेस्ट म्यानेजमेन्ट सिस्टमरहेका छन्।

त्यसैगरी, उत्कृष्ट १५ प्रडक्टमा आशिर्वाद केयर, बाइटआउट, सेन्ट्रोनिक्स–सेन्ट्रल मोनिटरिङ सिस्टम, दन्त-मेड, एक्साना, आईएमएस डिजिटल लेन्डिङ, आईपी सेवा, काठमाडौं साइटसिइङ, लेख्नुस्, नेपालएचआरएम, वान बीएनपीएल, अप्ट ईआरपी, प्यागोडा ल्याब्स डीएमएस, पीडीएफ मर्जली र वायुदृष्टिएटमोस रहेका छन्।

त्यस्तै, उत्कृष्ट १५ राइजिङ स्टार इनोभेसनमा दृष्टिल्याब्स, इभोएमओई, हरित पाठशाला, किड्डीगार्ड, लाइफलाइन, प्रेडिक्शन अफ प्रेडिक्शन, साक्षी, सेतु, स्काइट्रूप–पी१, सुरक्षा ३६०, स्वर-साथी, सिन्याप्टिक, दकैरोस इन्जिन, ट्राफिक आई र जेलियन्ट सप रहेका छन्।

उत्कृष्ट पाँचका लागि स्टार्टअप फेस्ट र ग्रान्ड जुरी
उत्कृष्ट सेमिफाइनलिस्टहरू छनोट प्रक्रियाअन्तर्गत अब स्टार्टअप एन्ड आइडिया फेस्ट र ग्रान्ड जुरी सेसनमासहभागी हुनेछन्।
आगामी मङ्सिरको पहिलो साता आयोजना हुने स्टार्टअप फेस्टमा छनोट भएका सबै ५०टिमले आफ्ना स्टार्टअप तथा इनोभेसन प्रदर्शन गर्नेछन्। ग्रान्ड जुरी सेसनमा सबै सहभागीले जुरीसदस्यहरूसमक्ष प्रस्तुति दिने र स्पिड डेटिङमा सहभागी हुने अवसर प्राप्त गर्नेछन्।
यी सबै प्रक्रिया सम्पन्न भएपछि उत्कृष्ट पाँचको छनोट हुनेछ। छनोट भएका टिमहरू ग्रान्ड फिनालेमा सहभागीहुनेछन्। उत्कृष्ट पाँच छनोट भएपछि पनि सर्वोत्कृष्ट टिम तथा इनोभेसन पहिचान गर्न फिल्ड भिजिट र पब्लिकभोटिङ सञ्चालन गरिनेछ।
यसैगरी, व्यक्तिगत अवार्ड विधा (ट्र्याक बी) अन्तर्गत पायोनियर आईसीटी अवार्ड, आन्टरप्रेनर आईसीटीअवार्ड, नेपाली डायस्पोरा आईसीटी अवार्ड, प्रोफेसनल एक्सिलेन्स आईसीटी अवार्ड र प्रोफेसनल एक्सिलेन्सआईसीटी अवार्ड (वुमन) रहेका छन्।
संस्थागत अवार्ड विधा (ट्र्याक सी) अन्तर्गत डिजिटल एजुकेसन आईसीटी अवार्ड (पब्लिक सेक्टर), डिजिटलएजुकेसन आईसीटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आईसीटी अवार्ड, डिजिटल सर्भिसेस (इमर्जिङसेक्टर) आईसीटी अवार्ड र डिजिटल सर्भिसेस (इन्टरप्राइज सेक्टर) आईसीटी अवार्ड रहेका छन्।
यी अवार्डविधाहरूको छनोट प्रक्रिया पनि जारी छ।दक्षिण एसियाली देशहरूलाई लक्षित गर्दै साउथ एसिया स्टार्टअप अवार्ड २०२६ र साउथ एसिया एआईइनोभेसन आईसीटी अवार्ड २०२६ पनि सञ्चालनमा रहेका छन्। यी सबै विधाहरूमा छनोट प्रक्रिया जारी छ।छनोट प्रक्रियाका लागि नेपालका १४ जना विज्ञसहित अन्य देशका अन्तर्राष्ट्रिय जुरी सदस्यहरू रहेका छन् भने
१५ सदस्यीय विशिष्ट सल्लाहकार समिति गठन गरिएको छ।लिभिङ विथ आईसीटीको मुख्य आयोजनामा हुने आईसीटी अवार्डमा विभिन्न संस्थाहरूको सहकार्य रहनेछ। सन्
२०१६ मा सुरु भएको आईसीटी अवार्ड हरेक वर्ष थप परिष्कृत र विस्तारित स्वरूपमा आयोजना हुँदै आएकोछ।
आईसीटी अवार्डको छनोट प्रक्रिया नेपालमा आयोजना हुने अवार्डहरूमध्ये सबैभन्दा बृहत्, निष्पक्ष रपारदर्शी रहेको आयोजकको दाबी छ।अवार्डको छनोट प्रक्रियाअन्तर्गत विभिन्न २५ चरणमा जुरी समितिका बैठक तथा प्रस्तुति सत्रहरू सञ्चालनहुनेछन्। विस्तृत जानकारीका लागि वेबसाइट www.ictaward.org हेर्न सकिनेछ।