काठमाडौं । नेप्से परिसूचकमा आजपनि वृद्धि भएको छ । आज नेप्से ३४ दशमलव ४२ अंकले बढेर २६९४ दशमलव ८२ विन्दुमा कायम भएको छ ।
आजको कारोबारमा विभिन्न ३१७ कम्पनीका ३ करोड १ लाख ८२ हजार ३४१ एक कित्ता शेयर ९ अर्ब ७४ करोड ४८ लाख ४३ हजारमा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज ग्रीन डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोपावरको सेयर सेयर मुल्य सबैभन्दा बढी ९दशमलव ९९ प्रतिशतले बढेको छ भने नेपाल इन्स्योरेन्सको सेयर मुल्य ९दशमलव ८२ प्रतिशतले बढेको छ ।
त्यस्तै आज आइसीएफ फाइनान्सको डेभेन्चरको सेयर मुल्य सबैभन्दा बढी ३ दशमलव ७३ प्रतिशतले घटेको छ ।
आज सबै भन्दा बढी कारोबार एनआरएन इन्फ्रास्ट्रकचर डेभलपमेन्ट लिमिटेकोको शेयर ५५ करोड ५३ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
FACEBOOK COMMENTS