काठमाडौं । नेपालको अग्रणी प्रविधि ब्रान्ड सामसङले आफ्नो सबैभन्दा किफायती ट्रू वायरलेस इयरफोन, Galaxy Buds Core, नेपाली बजारमा सार्वजनिक गर्ने घोषणा गरेको छ। जुलाई १ देखि उपलब्ध हुने यी बड्सहरू दैनिक उपयोगका लागि डिजाइन गरिएका छन्, जसले प्रिमियम फिचरहरू जस्तै उत्क्रिष्ट साउन्ड, एक्टिभ न्वाइज क्यान्सिलेसन (ANC), र ग्यालेक्सी एआईको इन्टरप्रिटर मात्र रु ७,३९९ को किफायती मूल्यमा उपलब्ध गराएको छ ।
कालो र सेतो रंगमा उपलब्ध Galaxy Buds Core नेपालभर सामसङका आधिकारिक बिक्रेताहरू बाट बिक्री हुनेछ।
कम्प्याक्ट । शक्तिशाली । स्मार्ट।
Galaxy Buds Core ले डायनामिक ड्राइभरहरूको प्रयोग गरी deep immersive साउन्ड तथा शक्तिशाली bass प्रदान गर्दछ । ANC र कल न्वाइज रिडक्सनको साथमा, प्रयोगकर्ताहरूले धेरै हल्ला भएको ठाउँमा पनि स्पष्ट सँग कुरा गर्न सक्छन् । तीनवटा माइक प्रणालीले उत्कृष्ट भोकल स्पष्टता सुनिश्चित गर्छ, जसले यी इयरबड्सलाई फोन कल, संगीत, वा मिटिङका लागि एक्दम उपयुक्त बनाउँछ।
प्रत्येक इयरबडमा सुरक्षित र सहज विङटिप्स छन्, जसले कठिन गतिविधिहरूको क्रममा पनि आरामदायी महसुस गराउँछ।
ग्यालेक्सी एआई इन्टरप्रिटर – तपाईँको कानमा रियल-टाइम अनुवाद
यसको प्रमुख फिचरहरू मध्ये एक हो Galaxy AI इन्टरप्रिटर, जसले आमने सामने कुराकानीको क्रममा दुईतर्फी रियल-टाइम अनुवाद प्रदान गर्छ। तपाईं आफ्नै भाषामा बोल्नुहोस्, र इयरबड्सले त्यसलाई तुरुन्तै अनुवादित उत्तर प्रदान गर्नेछ ।
दैनिक जीवनका लागि सुविधा सम्पन्न
Galaxy Buds Coreले दैनिक उपयोगिता र नवीनताको मिश्रण गर्दै, उच्चतम् विशेषताहरूलाई किफायती मूल्यमा उपलब्ध गराउँछ।
उत्पादन विवरण:
विशेषता | वर्णन |
रंग | कालो, सेतो |
प्रकार | इन-इयर ट्रू वायरलेस स्टीरियो (TWS) |
माइक्रोफोन | छ, तीन माइक प्रणाली |
कनेक्टिभिटी | ब्लुटुथ ५.४ |
न्वाइज क्यान्सिलेसन | एक्टिभ न्वाइज क्यान्सिलेसन + कल न्वाइज रिडक्सन |
ग्यालेक्सी एआई फिचरहरू | इन्टरप्रिटर (रियल-टाइम अनुवाद) |
पानी/धुलो प्रतिरोध | IP54 |
ब्याट्री लाईफ | ३५ घण्टासम्म (ANC बिना), २० घण्टा (ANCको साथमा) |
उपलब्धता | जुलाई १ देखि सामसङका आधिकारिक बिक्रेताहरूमा |
मूल्य (MRP) | NPR ७,३९९ |
FACEBOOK COMMENTS